यहाँ उल्लेखित ट्याब मेनुहरुमा क्लिक गरी हेर्नुहोस् । Click on the tab menus mentioned here.
यहाँबाट डाउनलोड गरी पढ्नुहोस्
Bhusal Bandhu- Bidhan-Final Updated-2079-05-05
भुसाल बन्धु कुल संरक्षण समितिको विधान–२०७९
प्रस्तावना
हरेक मानिसको एउटा वंशवृक्ष हुन्छ, जसलाई पुर्खा वा कुल भन्ने गरिन्छ । कुलदेवता पूजा वा कुलायन पूजा धनन्जय गोत्रीय भुसाल परिवारहरुले आफ्नो कुल देवता अर्थात पुर्खालाई सम्झिने, सम्मान व्यक्त गर्ने र खुसी बनाउनको लागि वंशमा पूजा गरिने संस्कार हो । कुल देवताको पूजा गर्नाले अगती परेका पितृीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वसका साथ कुल पूजा गर्ने गरिन्छ ।
कुल बन्नको लागि आवश्यक आचार, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्टा, वृत्ति, तप, दान गरी नौ वटा यही गुणहरुमा रहेर कुलमा आफ्ना पुर्खाहरुलाई सम्झिएर गरिने पूजा नै हाम्रो धनन्जय गोत्रीय भुसाल कुल पूजा हुनेछ ।
मिति २०७७/०६/२१ गते प्रदेश गण्डकी, जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नगरपालिका देवचुली, वडा नं. १२ गैंडी तल्लो थप स्थित श्री कृष्णप्रसाद भुसालको घरमा बसेको प्रथम भेलाबाट तदर्थ कार्य समिति चयन गरी मिति २०७७/०७/०१ गते बसेको पहिलो तदर्थ कार्य समितिको बैठक सहितको दोस्रो बृहत भेलाबाट यसभुसाल बन्धु कुल संरक्षण समिति, रामीडाँडा (पिंडीखोला–स्याङ्जा) को स्थापना भएको हो ।
नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, पिंडीखोला गा.वि.स., वडा नं. ५, रामीडाँडा र रामीडाँडाबाट बसाँइसराई गरी पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल, पर्वत जिल्ला, टकलाक गा.वि.स.को सिंयारकोस गाउँ हाल गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, गल्याङ्ग नगरपालिका वडा नं. ६, रामीडाँडा र गण्डकी प्रदेश, पर्वत जिल्लाको पैयँु गाउँपालिका सिंयारकोस गाँउमा स्थायी रुपमा बसोबास गर्नुभएका र बसाँईसराईको शिलसिलामा देशको विभिन्न ठाँउमा बसोबास गर्नुहुने भुसाल परिवारका ७ पुस्तासम्मका दिवंगत पितृीहरुलाई कुल देवी देवताहरुको रुपमा संरक्षण र कुल कुलायनको पूजा अर्चना गर्न मन्दिर निर्माण गरी सम्पूर्ण परिवारहरुको साझा चौतारी एवम् थलोको सुरुवात गर्दै एक आपसमा चिनाजान, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्नु यस भुसाल बन्धु कुल संरक्षण समितिको मुख्य लक्ष्य रहेको छ ।
परिच्छेद–१
१. संक्षिप्त नाम र प्रारम्भ:
क. संस्थाको नाम: यस संस्थाको नाम ूभुसाल बन्धु कुल संरक्षण समिति, रामीडाँडा (पिंडीखोला–स्याङ्जा)ू र
छोटकरी रुप ूभुबकुसंस ू रहने छ । यस संस्थाको अंग्रेजी नाम: द्यजगकबदिबलमजग प्ग िएचयतभअतष्यल ऋयmmष्ततभभ,
च्बmष्मबमब ९एष्मष्पजयबि(क्थबलनब० र यसको छोटकरी रुप ूद्यप्एऋू हुनेछ ।
ख. संस्थाको अस्तित्व: यो संस्था एक अविछिन्न उत्ताराधिकारवाला संगठित, स्वाधिन, गैर राजनितिक संस्थाको
रुपमा रहनेछ । यो विधान संस्था दर्ता भएको मितिदेखि लागु हुनेछ ।
२. परिभाषा:
यस विधानमा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा निम्नलिखित अर्थ बुझिनेछ ।
क. “विधान” भन्नाले भुसाल बन्धु कुल संरक्षण समिति, रामीडाँडा (पिंडीखोला–स्याङ्जा), को विधानलाई
सम्झनुपर्ने छ ।
ख. “नियमानुसार” भन्नाले यस विधानको अधीनमा रही तयार गरेका नियमावली अनुसार भन्ने बुझिने छ ।
ग. “नियमावली” भन्नाले यस विधानको अधीनमा रही कार्य समितिले तयार गरेका नियमहरूको संग्रहलाई
बुझाउने छ ।
घ. “कार्यसमिति” भन्नाले यस विधान अनुसार गठन भएको समितिलाई बुझाउने छ ।
ङ. “तोकिएको वा तोकिए” बमोजिम भन्नाले यो विद्यान र यस विद्यान अन्तर्गत बनेको नियम वा विनियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्नेछ ।
च. “सल्लाहकार” भन्नाले सल्लाहकार समितिका सदस्यहरुलाई बुझाउने छ ।
३. संस्थाको छाप र चिन्ह
क. यस संस्थाको छापमा दुई गोलाकार रेखाभित्र रहेको दुई छाना सहित त्रिकोणात्मक १ गजुर भएको मन्दिर
रहनेछ जसको दायाँ पट्टी “भुसाल बन्धु कुल संरक्षण समिति, रामीडाँडा ” र बयाँ पट्टी “द्यजगकबदिबलमजग
प्ग िएचयतभअतष्यल ऋयmmष्ततभभ” लेखिने छ । दुई गोलाकार रेखाको तल्लो भागमा रिवन भित्र “रामीडाँडा
(पिंडीखोला–स्याङ्जा),स्थापना २०७७ च्बmष्मबमब ९ एष्मष्पजयबि(क्थबलनब० भ्कतम।स् द्दण्ठठ” लेखिएको हुनेछ ।
यसको चित्र अनुसूची १ मा रहेको छ ।
ख. संस्थाको कार्यालय
संस्थाको मुख्य कार्यालय गण्डकी प्रदेश, नवलपरासी (ब.सु.पू.) जिल्लाको देवचुली नगरपालिका, वडा नं. १३,
दलदले बजारमा रहने छ । शाखा कार्यालय कार्य समितिको निर्णय अनुसार सम्बन्धित सरकारी निकायको
स्वीकृति लिई आवश्यकता अनुसार जुनसुकै स्थानमा राख्न सकिने छ ।
परिच्छेद–२
उद्देश्य
४. प्रस्तावना अनुरुपका मुख्य लक्ष्य पूरा गर्न यस संस्थाका निम्निलिखित उद्देश्यहरू रहने छन् :–
क. समस्त रामीडाँडा भुसाल बन्धुहरुलाई आ–आफ्ना कुल/मूलको खोजी गरी आफ्ना पुर्खाहरूको आचार र विचार
पत्ता लगाई त्यस अनुसारको जीवनशैली अपनाउन प्रेरित गर्ने गराउने ।
ख. कुलको संरक्षण र पर्वधन गर्दै रामीडाँडा भुसाल बन्धुको रीतिरिवाज, चालचलन, मुल्य मान्यता, परम्परा, चाडपर्व
आदिको खोजि गरी संरक्षण र पवर्धन गर्ने ।
ग. धनन्जय गोत्रीय विविध भुसाल थरहरूको पनि यथार्थ थात थलो पत्ता लगाई ती घरमा विभाजित भएका परिवारको
खोजी गर्ने ।
घ. मानिसमा आपसी मेल गराउन हिंसा, व्यभिचार, जुवा, नशा आदि दुव्र्यसन हटाई आदर्श, सद्भावमय, स्वस्थ्य
समाजको निर्माणमा सहयोग गर्ने ।
ङ. यस भुसाल बन्धु मन्दिर परिसरमा प्रतिवर्ष चैते दशैंको अष्टमीका दिन वार्षिक साधारण सभा एवं वली सहितको
कुल पूजा आरधना वृहत रुपमा गरी भव्य रूपले मनाउने साथै ठुलो दशैको अष्टमीका दिन दुधधार सहितको कुल
पूजा समेत गर्ने ।
५. दफा ४ अनुसारका उद्देश्यहरु पुरा गर्न तपसिल बमोजिमका क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
क. यस भुसाल बन्धु परिवारहरुको सदस्यहरुमा अति गंभीर दु:ख, मर्काहरूमा उचित सहयोग पुर्याउन भुसाल बन्धु
सहयोग अक्षयकोष खडा गरी सञ्चालन गर्ने र त्यसको व्याजबाट प्राप्त हुने रकमले बन्धुहरूको अति आवश्यकतम
कार्यमा सहयोग गर्ने गराउने ।
ख. यस भुसाल बन्धुको मन्दिरमा स्थापित मूर्तिहरूको नियमित पूजा आदि कार्य शाश्वत परम्परा अनुसारको वैदिक
विधिले सदाचारसम्पन्न वेदादिशास्त्रज्ञ पूजाविधिविज्ञ, उत्तमसंस्कारसम्पन्न धनन्जयगोत्रीय भुसालकुलोत्पन्न,
ज्ञानानुष्ठानसम्पन्न परपाकविवर्जित भगवद्भक्त निर्लोभ उत्तम ब्राहमणबाट गर्ने गराउने ।
ग. हिन्दू वैदिक धर्मका कर्म, ज्ञान र भक्ति यी तीन स्तम्भहरूलाई बलिया बनाउन, वेदादि धर्मग्रन्थ, धर्मशास्त्र, पुराण,
इतिहास र प्रस्थानत्रयीको शिक्षण तथा प्रवचनको व्यवस्था मिलाउने ।
घ. यसै परिच्छेदका धारा ४ को उपधारा ‘च’ अनुसार गरिने अनुसन्धानका साथ वंशहरूको पनि अनुसन्धान गरी
समालोचनात्मक यथार्थ महर्षिवंशावली प्रकाशित गर्ने गराउने ।
ङ. वैदिक सनातन हिन्दू धर्मका परम्परागत प्राचीन शाखा/प्रशाखामा रहेको समरसता र एकतात्मकताको प्रचार बढाई
आपसी सद्भावको वृद्धि गरी सनातन वैद्धिक धर्म उत्थानमा योगदान गर्ने ।
च. वैदिक धर्मसंस्कृति र ऋषिपरम्पराको मूलमूहानका रूपमा रहिआएको वेद/ वेदाङ्ग आदि संस्कृत भाषागत
विषयहरूको अध्ययन अध्यापनलाई टेवा दिन, भरसक प्रयास गर्ने गराउने ।
छ. हाम्रो जीवन, धर्म र संस्कृतिका आधारका रूपमा रहेका नदीहरूको जल प्रदूषित हुन नदिने प्रयास गर्ने गराउने ।
ज. भुसाल बन्धुहरुको कुल संरक्षणको लागि कुल मन्दिर स्थापना गरी त्यस मन्दिर परिसर क्षेत्रभित्र धनन्जय गोत्रको
नाममा पुस्तकालय, वाचनालय, जडिबुटी उद्यान, भवन, विश्राम स्थल, शिक्षणकेन्द्र, योगशाला आदिको आवश्यकता
महसुस भएमा निर्माण गर्ने साथै उपयुक्त सुहाउँदा आयमहरू थपी यस संस्थालाई बहु–आयामिक लोकोपयोगी धार्मिक
संस्थाको रूपमा विकसित गर्दै लैजाने ।
झ. संस्थापित देव मूर्तिहरूका संख्या र महत्व अनुसार आराधाना, वस्त्र, आभूषण, अलङ्कार, दैनिक, मासिक, वार्षिक
विशेष पूजा, पाठ, कथा–कीर्तन, पुष्पवाटिका, समेतको व्यवस्था गराई नियमित रूपले शास्त्रीय विधि अनुसार
पूजा–पाठ अक्षुण्ण रूपले सञ्चालित गर्दै पृथ्वी सूर्य रहँदासम्म यस पूजाको परिपाटी चल्दै जाने सुव्यवस्था दह्रो
पार्न योगदान गर्ने ।
ञ. विवाह, पूतबढाई, पदोन्नति, उच्च पद प्राप्ति, विशेष यज्ञ, आकस्मिक विशेष आम्दानी, उच्च शिक्षामा उत्तीर्णता,
पितृयज्ञ आदि कार्य आफ्नो घरमा परेमा यस बहुआयामिक संस्थाको अक्षय कोषमा कार्यक्रमका व्ययको अनुरुप
स्वविवेकले सहयोग गर्न गराउन सम्बद्ध सबै बन्धुहरूमा अनुरोध गरी तदनुसार कार्यान्वयन गर्ने गराउने ।
ट. चैते दशैंमा कुलपूजाको विशेष कार्यक्रममा विविध व्यक्तित्वहरुलाई सम्मान गर्ने ।
ठ. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृसंस्थाहरूका विभिन्न प्रतिनिधिहरूसंग सम्पर्क कायम गरी संस्थाको विकासार्थ सहयोग
आदान–प्रदान गर्ने गराउने । विभिन्न संघ संस्थाहरु संग आपसी हितमा सहयोगको आदान–प्रदान गर्ने गराउने ।
ड. भुसाल बन्धु परिवारका सदस्यहरुलाई उच्च शिक्षा, कुल अनुसन्धान तथा सिप विकासको लागि उत्प्रेरणा र
सहयोग गर्ने ।
परिच्छेद–३
सदस्यता
६. सदस्यको योग्यता:
प्रस्तावनामा उल्लेखित भुसाल बन्धु परिवारका सम्पूर्ण सदस्यहरु यस संस्थाको साधारण सदस्य हुन सक्नेछन् ।
६.१. साधारण सदस्यका लागि योग्यता:
क. भुसाल परिवारमा जन्म भएका छोरा, कन्या छोरी (विवाह नभएकी) र विवाह पश्चात सम्बन्धविच्छेद गरी
माइती परिवारको संरक्षण रहेकी छोरी, विवाह गरेर आएकी बुहारी स्वत: संस्थाको साधारण सदस्य हुनेछन्
तर संस्थाको निर्वाचन प्रक्रियामा भाग लिन उपदफा २(ख) देखि (च) अनुसारको सदस्यता लिएको हुनुपर्नेछ ।
६.२. सदस्यको प्रकार, सदस्यता शुल्क र सदस्यताको विधि:
क. साधारण सदस्य: दफा ६ को उपदफा ६.१ (क) अनुसारको सदस्य साधारण सदस्य हुनेछन् ।
ख. संस्थागत सदस्य: १८ वर्ष उमेर पूरा गरी ७५ वर्ष पूरा नभएका उपदफा ५.१ (क) अनुसारकका सदस्यले
रु. ३,०५/– शुल्क बुझाई संस्थागत सदस्य बन्न सकिने छ । संस्थागत सदस्यहरूले हरेक तिन वर्षमा रु. २,०५/–
संस्थामा बुझाई सदस्यता नविकरण गराउनु पर्ने छ । यस्तो सदस्यले निर्वाचन प्रक्रिया सहभागी हुन पाउनेछन्
तर संस्थागत सदस्यता नविकरण नभएको खण्डमा निर्वाचन प्रक्रियामा भाग लिन पाइने छैन् ।
ग. आजीवन सदस्य: रु. ५,००५/–भन्दा माथि रकम प्रदान गर्ने महानुभावहरूलाई आजीवन सदस्यता प्रदान गरिने
छ ।
घ. विशिष्ट आजीवन सदस्य: रु. २५,००५/– वा त्यसभन्दा बढी रकम प्रदान गर्ने वा त्यस बराबरको कुनै वस्तु
प्रदान गर्ने वा त्यस बराबरको लागतले केही निर्माण गराइदिनुहुने महानुभावहरूलाई यो सदस्यता प्रदान गरिने
छ ।
ङ. दानविर सदस्य: रु. ५०,००५/– वा सो भन्दामाथि वा त्यस बराबरको लागतमा निर्माण वा त्यस बराबरको
वस्तु प्रदान गर्ने महानुभावहरूलाई यो सदस्यता प्रदान गरिने छ ।
च. विशिष्ट दानविर सदस्य: रु. १,००,००५/– वा सोभन्दा माथिको रकम प्रदान गर्ने वा सो बराबरको वस्तु दिने
वा निर्माण गराइदिने महानुभावहरूलाई यो सदस्यता प्रदान गरिने छ ।
छ. मानार्थ सदस्य: विशेष योगदान गरेको (जस्तै: विशिष्ट समाजसेवी, विद्धान, धार्मिक गुरु, कुल विशेषज्ञ) भनी
कार्य समितिको निर्णय अनुसार उपयुक्त ठहर भएका नेपाली तथा विदेशी नागरिकहरुलाई मानार्थ सदस्यता
दिन सकिने छ तर यस्तो सदस्य कार्य समिति लागायत कुनै पनि पदका लागि योग्य नहुने र मताधिकार समेत
प्रयोग गर्न पाउने छैनन् ।
७. सदस्य वा पदाधिकारीको अयोग्यता:
७.१. सदस्यको अयोग्यता: निम्नलिखित अवस्थामा कुनै पनि सदस्यको सदस्यता कायम रहने छैन:
क) मृत्यु भएमा,
ख) संस्था या समाजलाई हानि हुने काम गरेको वा संस्थाको विधानविरुद्ध आचरण गरे गराएको प्रमाणित
भएमा,
ग) धर्म परिवर्तन भएमा,
घ) सम्बन्ध विच्छेद वा अन्य कुनै कारण देखाई भुसाल परिवारबाट अलग भएको ठहर भएमा ।
७.२. कार्य समितिको सदस्य वा पदाधिकारीको अयोग्यता:
क) लिखित राजिनामा स्विकृत भएमा,
ख) मृत्यु भएमा,
ग) पदावधि समाप्त भएमा,
घ) उपयुक्त कारण खुलाई गरेको अविश्वास प्रस्ताव बहुमतले स्विकृत भएमा,
ङ) संस्था या समाजलाई हानि हुने काम गरेको वा संस्थाका विधानविरुद्ध आचरण गरे गराएको प्रमाणित
भएमा,
च) नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएमा ।
छ) धर्म परिवर्तन भएमा,
ज) सम्बन्ध विच्छेद वा अन्य कुनै कारण देखाई भुसाल परिवारबाट अलग भएको ठहर भएमा ।
परिच्छेद–४
साधारण सभा तथा कार्य समिति
८. साधारण सभाको गठन:
यस विधानको परिच्छेद ३ को दफा ६ उपदफा ६.२ (ख) देखि (च) मा उल्लेखित सदस्यहरू एकत्रित भई साधारण
सभा गठित हुनेछ । साधारण सदस्य र आजीवन सदस्यदेखि विशिष्ट दानवीर सदस्य सम्मका सदस्यहरूको नवीकरण
अनिवार्य रहने छैन । संस्थागत सदस्यको निम्ति ३/३ वर्षमा रु. २०५/– बुझाई संस्थागत सदस्यताको नवीकरण
गर्नुपर्ने व्यवस्था रहेको छ ।
९. साधारण सभाको भेला र बैठक:
यस संस्थाको साधारण सभा प्रतिवर्ष एक पटक बस्ने छ । आवश्यक परेमा कार्यसमितिले कुनै पनि समयमा भेला
बोलाउन सक्ने छ । साधारण सभाका एक तिहाइ सदस्यले कुनै उपयुक्त समस्या देखाएर साधारण सभा बोलाउन
लिखित रुपमा माग प्रस्तुत गरेमा पनि कार्यसमितिले साधारण सभा बोलाउनु पर्नेछ ।
१०. साधारण सभाको काम, कर्तव्य र अधिकार:
क. साधारण सभाका परिच्छेद ३ को दफा ६ को उपदफा ६.२ (ख) देखि (च) सम्मका सदस्यहरूको साधारण
बहुमतबाट कार्यसमितिको चयन गर्ने,
ख. कार्यसमितिले प्रस्तुत गरेको वार्षिक कार्यक्रम र बजेट पारित गर्ने,
ग. कार्यसमितिका वार्षिक आय/व्ययको लेखा परीक्षण प्रतिवेदन तथा गत वर्षको प्रगति विवरण माथि समीक्षा
गर्ने,
घ. कार्यसमितिलाई विधानको परिधिभित्र रही उचित सुझाव सल्लाह दिने,
ङ. वार्षिक कार्यक्रम माथि छलफल गरी स्वीकृत गर्ने
च. कार्यसमितिद्वारा सम्पन्न सही कामहरूको अनुमोदन गर्ने,
ज. कार्यसमितिका अध्यक्षको राजिनामा स्वीकृत गर्ने,
झ. कार्यसमितिको पदाधिकारीले विधान विरुद्ध काम गरेको ठहरेमा अपदस्थ गरी नियमानुसार पदपूर्ति गर्ने,
ञ. लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने ।
११. संस्थापक समिति :
यो संस्था स्थापना हुँदाका वखत गठन भएको अनुसूची २ अनुसारको सदस्यहरु रहेको समिति संस्थापक समिति
हुनेछ । नयाँ कार्य समिति गठन भएपछी संस्थापक समितिको जिम्मेवारी पुरा भएको ठहरिनेछ ।
१२. कार्य समितिको गठन:
संस्थाका उद्देश्य अनुसारको कार्यहरू सुचारु रूपले चलाउन समस्त सदस्यहरूबाट निम्नलिखित पदहरू भएका १३
सदस्यीय कार्यसमितिलाई साधारण सभाले निर्विरोध वा गोप्य मतदानद्वारा निर्वाचित गर्ने छ, जसमा कम्तीमा २
जना महिला सदस्य अनिवार्य रूपमा रहने छन् । सबै क्षेत्रबाट समेटिने गरी कार्यसमितिले अन्य ४ जना सदस्य
मनोनित गरी कार्यसमितिको संख्या १५ सम्म बनाउन सक्ने छ । यसरी मनोनित गर्दा १ जना महिला अनिवार्य रुपमा
मनोनित गर्नुपर्नेछ । साधारण सभाको गणपुरक संख्या ५१ प्रतिशत रहने छ, पहिलो पटक सभा सञ्चालन नभएमा
दोस्रो पटक ५० प्रतिशतले गणपुरक संख्या पुग्नेछ । कार्य समितिको कार्यकाल ३ (तीन) वर्षको हुने छ ।
कार्य समितिका पदहरू
१. अध्यक्ष्य = १
२. उपाध्यक्ष = १
३. सचिव = १
४. सह–सचिव = १
५. कोषाध्यक्ष = १
७. सदस्य = ८ (महिला सदस्य = २ जना सहित)
८. कार्यसमितिबाट मनोनित जम्मा = ४ जना (१ जना महिला सहित), गरी बढीमा जम्मा १७ सदस्यीय
हुनेछ । कार्य समितिलाई आवश्यकता अनुसार उपसमितिहरु निर्माण गर्न सक्ने अधिकार दिइएको छ ।
१३. कार्यसमितिको काम, कर्तव्य र अधिकार
क. संस्थाको उद्देश्य पूर्तिका निम्ति आवश्यक सबै काम गर्ने गराउने,
ख. वार्षिक कार्यक्रम र आय व्यय ठीक गरी स्वीकृतिको लागि साधारण सभामा प्रस्तुत गर्ने,
ग. साधारण सभाबाट निर्देशित काम तत्परता र सावधानीका साथ यथासमय सम्पन्न गर्ने,
घ. कुनै पनि संस्थाको विधाननिर्दिष्ट प्रकृतिसंग मिल्ने काममा संस्थाको तर्फबाट प्रतिनिधि पठाउने,
ङ. संस्थाको चल–अचल सम्पत्तिको संरक्षण सम्वद्र्धनमा अत्यन्त जागरुकता राख्ने,
च. विविध उद्देश्य पूर्तिका निम्ति विविध उपसमितिको गठन गरी उनीहरूमध्ये उपयुक्त व्यक्तिलाई संयोजक,
सह–संयोजक बनाई उपसमितिको व्यवस्थित परिचालन गर्ने,
छ. उपसमितिहरूको सञ्चालनार्थ विधानमा उल्लेख भए अनुसार नियम, उपनियम बनाई लागु गर्ने,
ज. संस्थाद्धारा स्थापित मूर्तिहरूको पूजा आराधना समेतको समस्त व्यवहारमा संस्थाको संस्थागत अभिप्राय
अनुसार नीति निर्धारण गरी तदानुसार अत्यन्त श्रद्धासाथ शास्त्रीय प्रचलित विधि अनुसार पूजा–पाठ,
आदि नियमित ढंगले पूजा उप समिति मार्फत चलाउँदै लैजाने,
झ. चालु र अक्षय नामले अलग–अलग दुई कोष खडा गरी व्यवस्थित र पारदर्र्शी रुपमा आर्थिक कार्यक्रम
चलाउने,
ञ. अर्थशुद्धि र मितव्ययिताको परिपूर्ण पालना गर्दै उपयुक्त खर्च ब्यवस्थापन गर्ने गराउने ।
ट. संस्थामा उद्देश्य पूर्तिका निम्ति गठित उपसमिति प्रति सौहार्दपूर्ण आत्मीयताको व्यवहार गर्दै उनका
संरक्षण–संवद्र्धनको निरीक्षण–परीक्षण गर्ने गराउने,
ठ. सल्लाहकार समितिको सल्लाह अनुसार साधारण सभाद्वारा निर्दिष्ट समस्त कामहरू सम्पन्न गर्ने,
ड. वार्षिक साधारण सभाको भेला, धार्मिक सम्मेलन, यज्ञानुष्ठान आदि र उद्देश्यानुरूप चाडपर्वहरू भव्यरूपले
मनाउने,
ढ. साधारण सभाबाट पारित भएका एवं सल्लाहकार समितिबाट सुझाव सहितका समस्त कामहरू पूरा गर्ने
गराउने,
ण. स्वबन्धु, स्वगोत्रबन्धु र स्वधर्मबन्धुहरू समेतको समन्वय र एकात्मकताप्रति निरन्तर ध्यान राख्ने ।
त. वंशावलीको अनुसन्धान तथा प्रकाशन प्रशारण कार्य गर्ने गराउने ।
थ. संस्थाको लागि आवश्यक साधन र स्रोत जुटाउने र सोको निम्ति उपयुक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
सहयोगी संस्थाहरूसँग सम्पर्क बढाउने ।
द. अक्षयकोष बढाई व्यवस्थित रूपले संस्था चलाउन कटिबद्ध रहने ।
१४. नियमावली बनाउने व्यवस्था:
प्रचलित कानूनका अधिनमा रही यो विधान संग नबाझिनेगरी संस्थाका उद्देश्यहरु पुरा गर्न संस्थाका कार्य
समितिले आवश्यक विनियम वा नियमावली बनाउन सक्नेछ ।
१५. कार्य समितिको बैठक: यस समितिको अनिवार्य नियमित बैठक कम्तिमा वर्षको २ पटक बस्ने छ । विशेष
आवश्यकता भएमा अध्यक्षको निर्देशनमा सचिवले अरु कुनै समयमा पनि बैठक बोलाउन सक्ने छन् ।
परिच्छेद–५
पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार
१६. अध्यक्षको काम, कर्तव्य र अधिकार
क. संस्थाको नीति, निर्देशन र सुझावअनुसार कार्यसमितिका मुख्यताको वहन गर्ने
ख. संस्थाको साधारण सभा र कार्यसमितिका बैठकको अध्यक्षता गर्ने,
ग. सचिव मार्फत साधारण सभा वा कार्यसमितिको बैठक बोलाउने,
घ. समितिका अन्य पदाधिकारीहरूको काम कारवाहीमा रेखदेख गर्ने र आवश्यक नीति निर्देशन दिने
ङ. आफ्नो कार्यकालमा संस्थाका वृहत्तर हित र दायित्वको वहन गर्ने
१७. उपाध्यक्षको काम, कर्तव्य र अधिकार
क. अध्यक्षको कार्यमा सहयोग पुयाउने,
ख. अध्यक्षको अनुपस्थितिमा अध्यक्षको आज्ञानुसार सबै कार्य गर्ने,
ग. संस्थाको हितको लागि आवश्यक पर्ने अरु सबै कार्यहरू गर्ने
१८. सचिवको काम, कर्तव्य र अधिकार
क. कार्यसमितिबाट पारित निर्णयहरूको अभिलेख राख्ने र सो कार्यान्वयन गर्ने गराउने,
ख. वार्षिक कार्यक्रम तथा प्रतिवेदन तयार गरी साधारण सभामा प्रस्तुत गर्ने,
ग. संस्थाको तर्फबाट सम्पूर्ण लेखापढीको काम गर्ने,
घ. अध्यक्षको निर्देशन अनुसार समितिका अन्य आवश्यक सबै काम गर्ने
ङ. संस्थाका समस्त कार्यालयीय अभिलेखाको व्यवस्थित संरक्षण गर्ने,
१९. सह–सचिवको काम, कर्तव्य र अधिकार
क. सचिवको कार्यमा सहयोग पुयाउने,
ख. सचिवको अनुपस्थितिमा सचिवको सबै कार्य गर्ने,
ग. संस्थाको हितको लागि आवश्यक पर्ने अरु सबै कार्यहरू गर्ने
२०. कोषाध्यक्षको काम, कर्तव्य र अधिकार
क. संस्थाको आय व्यय, हिसाब–किताब ठीक दुरुस्त राख्ने,
ख. संस्थाको सम्पूर्ण आर्थिक गतिविधिको रेखदेख, सञ्चालन गर्ने,
ग. संस्थाको वार्षिक बजेट तयार गर्ने र साधारण सभाद्वारा आय व्यय स्वीकृत गराउने,
घ. आर्थिक प्रशासन सम्बन्धी जिम्मेवारी वहन गर्ने कोषको जिम्मा लिने,
ङ. संस्थाको हितको लागि अन्य कार्य गर्ने
२१. सदस्यहरूको काम, कर्तव्य र अधिकार
क. कार्यसमितिको निर्णयहरू कार्यान्वयन गर्ने गराउने र अध्यक्षको निर्देशन बमोजिम संस्थाका हितमा समस्त
कार्य गर्ने ।
ख. संस्थाको चल–अचल सम्पत्तिको संरक्षण सम्वद्र्धनमा अत्यन्त जागरुकता राख्ने,
ग. संस्थामा उद्देश्य पूर्तिका निम्ति गठित उपसमिति प्रति सौहार्दपूर्ण आत्मीयताको व्यवहार गर्दै उनका
संरक्षण–संवद्र्धनको निरीक्षण–परीक्षण गर्ने गराउने,
घ. वार्षिक साधारण सभाको भेला, धार्मिक सम्मेलन, यज्ञानुष्ठान आदि र उद्देश्यानुरूप चाडपर्वहरू भव्यरूपले
मनाउने,
ङ. स्वबन्धु, स्वगोत्रबन्धु र स्वधर्मबन्धुहरू समेतको समन्वय र एकात्मकताप्रति निरन्तर ध्यान राख्ने ।
च. अक्षयकोष बढाई व्यवस्थित रूपले संस्था चलाउन कटिबद्ध रहने ।
छ. संस्थाको हितको लागि आवश्यक पर्ने अरु सबै कार्यहरू गर्ने
परिच्छेद–६
आर्थिक व्यवस्था
२२. आर्थिक स्रोत:
यस संस्थामा निम्नलिखित आर्थिक स्रोत रहेका छन्:
क. परिच्छेद ३ को दफा ६ को उपदफा ६.२ को समस्त (ख) देखि (च) सम्मका ५ प्रकारका सदस्यहरूद्वारा
जम्मा गरिएको शुल्क,
ख. विभिन्न दाताहरूबाट श्रद्धाले व्यक्तिगत रूपमा सहयोग गरेको नगद वा जिन्सी
ग. संस्थाले कुनै यज्ञानुष्ठानादि गर्दा यज्ञशेषको रूपमा बचेको रकम
घ. कुनै संघ–संस्थाबाट एक मुष्ठ सहयोग प्राप्त भएको रकम
ङ. सरकारी निकाय तथा अन्य विभिन्न क्षेत्रहरूबाट संस्थालाई प्राप्त रकम
च. संस्थाका कोषहरूबाट ब्याज स्वरुप प्राप्त रकम
छ. पुतबढाई, विवाह, पदोन्नती, चौरासी पूजा आदि विशेष हर्षोल्लास तथा उत्सव पर्व आदिमा मन्दिर वा
संस्थालाई विभिन्न महानुभावहरूबाट स्वेच्छाले टक्रयाइएको रकम वा जिन्सी
ज. कार्यसमितिका निर्णयअनुसार साधारण सभाका अनुमोदनमा संस्थाका मूल धनको लगानी गर्दा लाभ
रूपमा आएको कुनैपनि तत्कालिन कानूनसँग नबाभिईकन प्राप्त भएको लाभांश रकम
झ. संस्थाको अधिनमा रहेका घर, जमिन, या अन्य कुनै पनि वस्तुको बिक्रीद्वारा प्राप्त भएको धन या
उपरोक्त वस्तुहरूको भाडा स्वरुप प्राप्त रकम
ञ. संस्थाको नाममा कुनै व्यक्ति वा संस्था आदिले दान स्वरूप दिएको जमिन वा अन्य कुनै वस्तुको बिक्रीबाट
प्राप्त रकम
ट. संस्थाले सरकारी वा गैह्र सरकारी संस्थाबाट अनुदान सहयोग धनरासी ।
२३. चल अचल सम्पति किनबेचको अधिकार:
संस्थाको उद्देश्यहरु प्राप्त गर्न प्रचलित कानुन प्रतिकूल नहुने गरी आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ । संस्थाले
आवश्यक पर्ने चल अचल सम्पति खरिद विक्री गर्न, भाडामा लिन दिन, अनुदान लिन दिन सक्नेछ ।
क. यस संस्थाको नाममा रहेको कुनै भौतिक संरचना तथा जग्गा जमिन आदि सम्पत्ति बिक्री गर्न आवश्यक भएमा
साधारण सभाका बहुमतको निर्णय लिनुपर्नेछ । अन्य अचल सम्पत्तिको किनबेच भने कार्यसमितिको दुई तिहाई
मतले निर्णय गर्न सक्नेछ ।
२४. कोष:
क. यस संस्थाकोे रकम कुनै सरकारी स्वामित्व प्राप्त बैंकमा नियमानुसार खाता खोली आर्थिक कारोबार
गर्नु पर्नेछ । रु. १०,०००/– सम्म सानो नगदि कोष खडा गरी कारोबार गर्न वाधा पर्ने छैन् ।
ख. यस संस्थाको खाता सञ्चालन अध्यक्ष र कोषाध्यक्ष दुई जनाको हस्ताक्षरबाट हुनेछ ।
ग. यस संस्थाको खाता अक्षय कोष र साधारण कोष गरी दुई प्रकारको रहनेछ ।
घ. अक्षयकोष सम्बन्धीको सम्पूर्ण निर्णय कार्य समितिको २ तिहाइ मतले गरी, सो रकम कुनैपनि बैंकको
मुद्दती बचत खातामा राखिने छ ।
ङ. कुनै व्यक्ति, संस्था वा सरकारी निकायबाट अक्षय कोष निम्ति प्राप्त जुन कुनै रकम अक्षय कोषमा जम्मा
हुनेछ ।
च. कार्य समितिले अक्षय कोषमा राख्न भनी निर्णय गरेको कुनै पनि रकम अक्षय कोषमा जम्मा हुनेछ ।
२५. लेखा परीक्षण
क. साधारण सभाबाट गठित ३ सदस्यीय लेखा समिति मार्फत आन्तरिक लेखा परिक्षण गराउनु पर्नेछ ।
ख. लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगति प्रतिवेदन नियमानुसार सम्बन्धित सरकारी निकायमा
पठाइनेछ ।
परिच्छेद–७
विविध
२६. निर्वाचन व्यवस्था:
क. साधारण सभाले कार्यसमितिको गठन गर्ने प्रक्रिया पूरा गर्न निर्वाचन व्यवस्थाको आवश्यकता हुनेछ ।
ख. चालु कार्यसमितिको कार्यारम्भबाट ३ वर्ष पुग्नुभन्दा ३ महिना पहिलेदेखि नै निर्वाचन प्रक्रिया प्रारम्भ गर्नु पर्दछ
। यसै समयदेखि संस्थागत सदस्यताको नवीकरण गरी अन्य संस्थागत सदस्य थप गरी निर्वाचनको तैयारी गरिने
छ ।
ग. निर्वाचन गराउने अवधि पुरा हुनुभन्दा कम्तीमा एक महिना अघि कार्यसमितिले बढीमा ५ जनासम्म सदस्य
रहेको निर्वाचन समितिको गठन गर्ने छ जसमा प्रमुखलाई निर्वाचन संयोजक र बाँकीलाई सदस्य भनिने छ ।
समितिले संस्थाको निर्वाचन नीति नियम अनुसार निर्वाचन गराउने छन् । निर्वाचन समितिमा रहनेहरूलाई
मताधिकार भए पनि उम्मेदवार बन्ने अधिकार रहने छैन ।
घ. आपसी समझदारीको वातावरण भएमा निर्वाचन निर्विरोध पनि सम्पन्न हुने छ ।
ङ. सहमति नभएमा कुनै पनि पदका लागि उम्मेदवार बन्ने दुई वा सोभन्दा बढि व्यक्तिहरू बीच खुल्ला प्रतिस्पर्धात्मक
निर्वाचन प्रणाली अवलम्बन गरी गोप्य मतदान प्रक्रिया अनुसार निर्वाचन हुनेछ ।
च. निर्वाचनका निम्ति ठाउँ, मिति, समय वा अन्य कुनै विषय निर्वाचन समितिले नै निश्चित गर्ने छ ।
छ. उम्मेदवार बन्न १ जना प्रस्तावक र १ जना समर्थक अनिवार्य रहनु पर्ने छ ।
ज. निर्वाचन समितिले नै पदाधिकारी वा सदस्यहरूको उम्मेदवारी शुल्क निर्धारित गर्ने छ ।
झ. निर्वाचन समितिले आवश्यकता अनुसार निर्वाचन सम्बन्धी उप–नियम बनाई लागू गर्न सक्ने छ ।
२७. कार्य समितिको उम्मेदवार हुन अयोग्यता:
क. संस्थाको विधानको परिच्छेद–३ को दफा ५ को उपदफा २ (ख) देखि (च) सम्मको श्रेणीकोे सदस्यता
नरहनु ।
ख. संस्थागत सदस्यताको नवीकरण नहुनु वा सो सदस्यता नै नलिनु ।
ग. अध्यक्षको लागि लगातार २ कार्यकाल भन्दा बढी भएमा र उमेर १८ वर्ष भन्दा कम र ७० वर्ष नाघेको
खण्डमा । अन्य सदस्यहरुको लागि कार्यकाल गणना हुने छैन् ।
२८. अविश्वासको प्रस्ताव:
क. कुनै पनि कार्य समितिका पदाधिकारी वा सदस्यले जानाजानी संंस्थागत र विधान विपरीत काम गरे
गराएको वा उसको संस्थागत सदस्यता पनि रहन नसक्ने देखिएमा साधारण सभाका १/३ सदस्यहरूले
आफ्नो व्यहोरा खोली सबैले हस्ताक्षर गरी लिखितरूपमा अध्यक्ष समक्ष अविश्वास प्रस्ताव प्रस्तुत गर्न
सक्नेछन् । अध्यक्ष माथी अविश्वास प्रस्ताव पेश गर्नु परेमा उपाध्यक्ष समक्ष अविश्वास प्रस्ताव प्रस्तुत गर्न
सक्नेछन् ।
ख. यसै दफाको उपदफा (क) अनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि १ महिनाभित्र अन्य पदाधिकारीको
हकमा अध्यक्षले र अध्यक्षको हकमा उपाध्यक्षले साधारण सभा बोलाई २/३ बहुमतले अविश्वास प्रस्ताव
पारित गराएमा मात्र कार्यसमितिको सदस्य वा पदाधिकारीलाई पदबाट हटाउन सकिने छ ।
ग. यसै दफाको उपदफा (क) र (ख) अनुसारका अविश्वास प्रस्तावसँग सम्बद्ध व्यक्तिलाई अविश्वास प्रस्ताव
दर्ता भएको मितिले ७ दिन भित्र लिखित वा मौखिक रुपमा जानकारी गराई सोहि दिन देखि ७ दिन
आफ्नो सफाई प्रस्तुत गर्ने मौका दिनुपर्ने छ ।
२९. विधान संशोधन:
यस विधानमा कुनै संशोधन गर्नुपर्ने भएमा प्रस्तावनामा लक्षित भावनामा र मूल उद्देश्यहरूमा आँच नआउने गरी
थपघट गर्न सकिने छ । संशोधन गर्ने बुदाहरू साधारण सभामा प्रस्तुत गर्नु पर्नेछ । सो संशोधन दुई तिहाई मतले
पारित भएमा सम्बन्धित कानूनी निकायको स्वीकृति भएपछि लागू हुने छ ।
३०. संस्थाको विघटन:
कुनै पनि कारणले संस्थाको विघटन भएमा वा उद्देश्य अनुसार सञ्चालन हुन नसकेमा यसको अधिनमा रहेको
समस्त चल वा अचल सम्पति नेपाल सरकारको हुनेछ ।
३१. संस्थाको उद्देश्य र कार्यक्रमसँग सम्बन्धीत अन्य आवश्यक कुराहरू
क. सल्लाहकार समिति:
संस्थालाई आवश्यक सल्लाह एवं सुझाव दिई संस्थाको वृहत्तर हितको लागि साधारण सभा वा कार्य समितिले
मनोनित गरी बढिमा जम्मा ९ (नौ) सदस्यीय सल्लाहकार समिति गठन गर्न सक्नेछ । उक्त समितिको
संयोजक निवर्तमान अध्यक्ष वा कार्य समितिले निर्णय गरे बमोजिम हुनेछन् ।
ख. संस्थापक सल्लाहकार समिति
संस्था स्थापना हुँदा गठन भएको अनुसूची ३ अनुसारका सदस्यहरुको समिति संस्थापक सल्लाहकार समितिको
रुपमा रहनेछ । दफा ३१ (क) अनुसारको सल्लाहकार समिति गठन भएपछी संस्थापक सल्लाहकार समिति
भङ्ग हुनेछ ।
ग. सपथ ग्रहण:
संस्थाको कार्य समितिका निर्वाचित एवं मनोनित पदाधिकारी तथा सदस्यहरुले संस्थाको नाममा अनुसूची ४
अनुसारको ढाँचामा पद तथा गोपनियताको सपथ लिनुपर्नेछ, सपथ ग्रहण अध्यक्षले उपस्थित जेष्ठ सदस्य वा
निर्वाचन समिति संयोजक बाट र अन्य पदाधिकारीहरुले अध्यक्षबाट लिनुपर्नेछ ।
हार्दिक अपिल !
यस भुसाल बन्धु कुलायन पूजा समिति अन्र्तगतको आर्थिक व्यवस्थापन उप समितिको मिति २०७७ फागुन २२ गते र २०७७ चैत्र २१ गते बसेको बैठकको निर्णय अनुसार भुसाल कुल देवी देवताहरुको संरक्षण गरी पूजा अर्चना गर्नको निमित्त मन्दिर लगायत विविध संरचना निर्माण गर्न र विधिवत पूजा व्यवस्थापन गर्नका लागि सहयोगार्थ तपशिल बमोजिमको आर्थिक चन्दा सहयोग रकम संकलन मापदण्ड अनुसार दान गर्नु हुन सम्पूर्ण भुसाल बन्धुहरुमा हार्दिक अपिल गर्दछौं ।
आर्थिक चन्दा सहयोग रकम संकलन मापदण्ड
क) सहयोग स्वरुप दान गर्नुपर्ने रकम
१) एक पटकको लागि कुलायन मन्दिर निर्माण सहयोगार्थ प्रत्येक घरधुरी रु. ५०००/– रकम सहयोग गर्नुपर्ने छ ।
२) बार्¬िक रुपमा कूल पूजा व्यवस्थापनको लागि प्रत्येक घरधुरी रु. ५००/– रकम सहयोग दिनुपर्ने छ ।
ख) थप चन्दा स्वरुप दान सहयोग गर्ने दाताहरुलाई दिइने सम्मानहरु
१) रु. १ देखि रु. ४९९/– सम्म दान पेटिकामा राखिने ।
२) रु. ५००/–देखि रु. २५,०००/– सम्म भुसाल बन्धु चिनारी पूस्तिाकामा नाम प्रकाशित गरिने छ ।
३) रु. २५,००१/– देखि माथी दान दिनेहरुलाई खादा ओढाइ गोल्डेन फ्रेममा सम्मान पत्र प्रदान गरी भुसाल बन्धु
चिनारी पूस्तिाकामा नाम प्रकाशित गरिने छ ।
नोट : यस भुसाल बन्धु कुल संरक्षण समितिले आर्थिक संकलन पश्चात उठेको रकमबाट को¬ खडा गरी मन्दिर लगायत विविध संरचना निर्माण एवं पूजा व्यवस्थापनमा खर्च गरिने र भुसाल बन्धु कुलायन पूजा समितिको विधि विधान अनुसार भुसाल परिवारमा पर्न जाने विविध समस्या उपर पनि उचित सहयोग प्रदान गरिने छ ।
सहयोग रकम समितिको बैंक खातामा जम्मा गर्नका लागि
१) बैंकको नाम: मुक्तिनाथ विकास बैंक लिमिटेड ३) खाता नम्बर: 03620100656903000001
२) खातावालाको नाम: पेमनारायण+जयश्वर+खिमानन्द
सम्पर्क
१) अध्यक्ष– कार्य समिति श्री पेमनाारायण भुसाल मो.नं. ९८६७२३५३६८
२) उपाध्यक्ष– कार्य समिति श्री डाँसीराम भुसाल मो.नं. ९८६७४२४२२९
३) सचिव –कार्य समिति श्री जयशोर भुसाल मो.नं. ९८४७०४१६४१
४) सह–सचिव– कार्य समिति श्री बालकृष्ण भुसाल(कृष्ण) मो.नं. ९८४५१४५३२८
५) कोषाध्यक्ष– कार्य समित श्री खेम भुसाल मो.नं. ९८४७१४४४५७
यहाँ तलबाट डाउनलोड गरी हेर्नुहोस् ।
प्रस्तावना
हरेक मानिसको एउटा वंशवृक्ष हुन्छ, जसलाई पुर्खा वा कुल भन्ने गरिन्छ । कुलदेवता पूजा वा कुलायन पूजा धनन्जय गोत्रीय भुसाल परिवारहरुले आफ्नो कुल देवता अर्थात पुर्खालाई सम्झिने, सम्मान व्यक्त गर्ने र खुसी बनाउनको लागि वंशमा पूजा गरिने संस्कार हो । कुल देवताको पूजा गर्नाले अगती परेका पितृीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वसका साथ कुल पूजा गर्ने गरिन्छ ।
कुल बन्नको लागि आवश्यक आचार, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्टा, वृत्ति, तप, दान गरी नौ वटा यही गुणहरुमा रहेर कुलमा आफ्ना पुर्खाहरुलाई सम्झिएर गरिने पूजा नै हाम्रो धनन्जय गोत्रीय भुसाल कुल पूजा हुनेछ ।
मिति २०७७/०६/२१ गते प्रदेश गण्डकी, जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नगरपालिका देवचुली, वडा नं. १२ गैंडी तल्लो थप स्थित श्री कृष्णप्रसाद भुसालको घरमा बसेको प्रथम भेलाबाट तदर्थ कार्य समिति चयन गरी मिति २०७७/०७/०१ गते बसेको पहिलो तदर्थ कार्य समितिको बैठक सहितको दोस्रो बृहत भेलाबाट यसभुसाल बन्धु कुल संरक्षण समिति, रामीडाँडा (पिंडीखोला–स्याङ्जा) को स्थापना भएको हो ।
नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, पिंडीखोला गा.वि.स., वडा नं. ५, रामीडाँडा र रामीडाँडाबाट बसाँइसराई गरी पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल, पर्वत जिल्ला, टकलाक गा.वि.स.को सिंयारकोस गाउँ हाल गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, गल्याङ्ग नगरपालिका वडा नं. ६, रामीडाँडा र गण्डकी प्रदेश, पर्वत जिल्लाको पैयँु गाउँपालिका सिंयारकोस गाँउमा स्थायी रुपमा बसोबास गर्नुभएका र बसाँईसराईको शिलसिलामा देशको विभिन्न ठाँउमा बसोबास गर्नुहुने भुसाल परिवारका ७ पुस्तासम्मका दिवंगत पितृीहरुलाई कुल देवी देवताहरुको रुपमा संरक्षण र कुल कुलायनको पूजा अर्चना गर्न मन्दिर निर्माण गरी सम्पूर्ण परिवारहरुको साझा चौतारी एवम् थलोको सुरुवात गर्दै एक आपसमा चिनाजान, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्नु यस भुसाल बन्धु कुल संरक्षण समितिको मुख्य लक्ष्य रहेको छ ।